समाचार

नख्खुमा कण्टेनर र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

bike accident

२ चैत, काठमाडौं । ललितपुरको नख्खुदोबाटोमा गएराती साढे नौ बजे कण्टेनर र मोटरसाइकल आपसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका ३७ वर्षीय गणेश प्रसाद अधिकारी रहेका छन् ।

नर्भिक अस्पतालमा उपचारको क्रममा गएराती ११ बजे उनको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार ललितपुर बस्ने ३२ वर्षीय रवि श्रेष्ठको अवस्था गम्भीर रहेको र सोही अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

एकान्तकुनाबाट ग्वार्कोतर्फ जाँदै गरेको ना२ख ७५८३ नम्बरको कन्टेनर र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२ ०१८ प ८३६९ नम्बरको मोटरसाइकल राति साढे नौ बजे आपसमा ठोक्किएका थिए ।

दुवै सवारी साधनसहित कन्टेनर चालकलाई महानगरीय प्रहरी परिसर ललितपुरले नियन्त्रणमा लिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस