मुख्य समाचार

म्यानमारमा एकैदिन ३८ प्रदर्शनकारी मारिए, चिनियाँ लगानीको व्यवसायमाथि आक्रमण

myanmar protest

२ चैत, काठमाडौं । म्यानमारको मुख्य शहर यंगूनमा भएको हिंस्रक झडपमा कम्तीमा २१ प्रदर्शनकारी मारिएको खबर छ । यसअघि म्यानमारका नेताहरुको एउटा समूहले अधिकारीविरुद्ध क्रान्तिको कुरा गरेका थिए ।

यद्यपि, द असिस्टेन्ट असोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) को अनुगमन समूहले आइतबार देशभरी कम्तीमा ३८ जनाको ज्यान गएको दाबी गरेको छ । समूहले आइतबार यंगूनमा मारिएका २१ प्रदर्शनकारीबाहेक अन्य शहरमा पनि मानिसहरु मारिएको अनुमान लगाएको छ । सुरक्षा बललले यंगूनको हलिंग थारयार इलाकामा प्रदर्शन गरिरहेका मानिसहरुमाथि गोली चलाए ।

यस्तै प्रदर्शनकारीले पनि लठ्ठी र चक्कू प्रयोग गरे । चिनियाँ व्यवसायीमाथि हमलापछि सैन्य अधिकारीले क्षेत्रमा ‘मार्सल ल’ को घोषणा गरेका छन् । प्रदर्शन गरिरहेका मानिसहरु अनुसार चीनले सेनालाई समर्थन गरिरहेको छ ।

फेब्रुअरी १ मा भएको सैन्य कूलगत्तै म्यानमारमा विरोध प्रदर्शन भइरहेका छन् । फेब्रुअरी १ मा नै म्यानमारको सेनाले देशकी सर्वोच्च नेता आङ सान सूकीसमेत थुप्रै नेतालाई पक्राउ गरेपछि सत्ता आफ्नो हातमा लिएको थियो ।

एनएलडीले अघिल्लो वर्ष भएको चुनावमा ठूलो जीत हासिल गरेको थियो तर सेनाले चुनावमा धोका भएको दाबी गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस