२ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (सोमबार) कोभिड-१९ विरुद्धको खोप लगाउने भएकी छन् । खोप अभियानको दोस्रो चरणको प्राथमिकताअनुसार राष्ट्रपति भण्डारीले आज अपरान्ह ४ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर खोप लगाउने कार्यक्रम छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने फागुन २३ गते खोप लगाएका थिए ।
नेपालमा हालसम्म १५ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउने कार्यक्रम सञ्चालन भइरहेको छ । चैत ४ गतेदेखि ५५ वर्षभन्दा माथि ६४ वर्षभन्दा मूनिका नागरिकलाई खोप दिने सरकारको योजना छ ।
प्रतिक्रिया दिनुहोस