
२ चैत, काठमाडौं । ‘मिस्टर एन्ड मिस रौनियार २०२१’ को उपाधि अस्मित गुप्ता र आँचल रौनियारले जितेका छन् । अस्मितले मिष्टर र आँचलले मिस तर्फको शीर्ष उपाधि जितेका हुन् । प्रतियोगितामा आँचलले पब्लिक च्वाईस अवार्ड र अस्मितले मिस्टर ट्यालेन्टको उपाधि समेत हात परेका छन् ।
काठमाडौं, विराटनगर लगायतका देशका विभिन्न स्थानका गुप्ता तथा रौनियार समुदायका युवायुवतीबीच भएको प्रतियोगितामा मिस्टरतर्फ फस्ट रनरअपसँगै बेस्ट पर्सनालिटी र म्यानेजमेन्ट च्वाईसको आवर्ड सर्वजित रौनियार, सेकेन्ड रनरअप सँगै फोटोजेनिक र बेस्ट पर्फमेन्सको अवार्ड राज रौनियारले हासिल गर्दा मिसतर्फ फस्ट रनरअपको शिक्षा गुप्ता, सेकेन्ड रनरअपसँगै बेष्ट पर्फमेन्स ज्योति रौनियार घोषित भए ।
अभिनेता रणधिर शाह, मोडल विपना थापा, रौनियार सेवा समाज विराटनगरका अध्यक्ष रामनरेश शाह, फेसन डिजाइनर सरगम श्रेष्ठ निर्णायक रहेको प्रतियोगिता रौनियार समुदायका युवा युवतीको प्रतिभा निखार्ने उदेश्यले आयोजना भएको थियो । प्रतियोगिताको आयोजक एमी इन्टरटेनमेन्ट प्रालि रहेको छ ।