समाचार

सफ्टवेयर सोर्स कोड दुरुपयोगको आरोपमा ३ जना पक्राउ

arrest

२ चैत, काठमाडौं । सफ्टवेयरको सोर्स कोड दुरुपयोग गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको लमही नगरपालिका– ५ का बिमल केसी, रुपन्देहीको मायादेवी गाउँपालिका–५ का श्यामबहादुर चौधरी र नवलपरासी पूर्वको कावासोती नगरपालिका–७ का शंकर ज्ञवाली रहेका छन् । उनीहरु बुटवलमा रहेको प्रिफेस टेक्नोलोजीका सञ्चालक हुन् ।

उनीहरुमाथि पूर्वी नवलपरासीमा रहेको नेशनल सफ्टवेयर एण्ड आइटी सोलुसन नामक सफ्टवेयर निर्माता कम्पनीको सोर्स कोड चोरी गरेको आरोप छ । प्रिफेस टेक्नोलोजीका सञ्चालकहरुलाई बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याएको साईबर ब्यूरोका डिआईजी रामकृपाल शाहले जानकारी दिए । पक्राउ परेकाहरु यसअघि नेशनल सफ्टवेयर एण्ड आईटी सोलुसन नामक सफ्टवेयर कम्पनीमा काम गर्थे ।

प्रिफेश टेक्नोलोजी शुरु गरेर उनीहरुले पुरानो कम्पनीको जस्तै सफ्टवेयर बनाएर बेच्न थालेको साइबर ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर विद्युतीय कारोवार ऐन–०६३ अनुसार प्रहरीले अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *