
२ चैत, झापा । लागु औषध खैरो हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं ४ बस्ने वर्ष २३ का आशिष चौधरी र बराह क्षेत्र नगरपालिका वडा नं ७ घर भई हाल ईटहरी उपमहानगरपालिका वडा नं ७ बस्ने वर्ष २४ का लोकनाथ भण्डारी रहेका छन् ।
सोमबार दिउँसो जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. ६ स्थित मेची पुलमा लागु औषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले विषेश सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई ४० ग्राम लागु औषध खैरो हेरोइन सहित नियन्त्रणमा लिएको हो ।
दुवैलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय काकरभिट्टामा ल्याई राखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही प्रकृया अगाडी बढाइने प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस