उद्योग-वाणिज्य

उद्योग वाणिज्य महासंघको स्थानीय आर्थिक विकास समिति विस्तार

arthik

२ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्थानीय आर्थिक विकास समिति विस्तार गरिएको छ ।

कार्यकारिणी समिति सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित समितिको सहसभापतिमा कार्यकारिणी समितिका सदस्यहरू उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ छानिएका छन् । समितिका सदस्यमा चक्रबहादुर अधिकारी, कुबिरकुमार श्रेष्ठ, अमृत भट्टचन, गजेन्द्रकुमार भगत, गोपाल केडिया र सुनिता नेमाफुकी रहेका छन् ।

समिति विस्तार कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले स्थानीय तहमा आर्थिक विकासका सम्भाव्यताहरूको पहिचान गरी सोहीअनुसार कार्यक्रम तय गर्न आग्रह गरे । उनले महासंघका तर्फबाट नेपाल सरकारमा के कस्तो सल्लाह सुझाव दिँदा स्थानीय आर्थिक विकासका माध्यमबाट स्थानीय जनताको जीवनस्तर सुधार, उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग पुर्‍याउन सकिन्छ, सोहीअनुसार समितिलाई क्रियाशील राख्न पनि सुझाव दिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठले समितिलाई बधाई दिँदै स्थानीय सीप, स्रोत–साधन र कच्चापदार्थमा आधारित उद्योग–व्यवसाय विस्तारका लागि महासंघका तर्फबाट के कसरी सहयोग गर्न सकिन्छ, सोको पहिचानसहित अगाडि बढ्न समितिलाई आग्रह गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *