समाचार

पशुपतिमा सुनको जलहरी राख्ने निर्णयमा सर्वोच्चले अन्तरिम आदेश दिएन

Supreme Court

२ चैत, काठमाडौं । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णय बिरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । सोमवार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ‘अन्तरिम आदेश जारी नहुने’ आदेश गरेको हो ।

गत फागुन १० गते अधिवक्ता नितिका ढुंगाना र प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले निवेदकको माग बमोजिम अन्तरिम आदेश नदिएको अदालत स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १२ गते पशुपतिनाथ मन्दिरको दर्शन गर्दै ३० करोड रुपैयाँ दिने प्रतिबद्धता जनाएपछि पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी राखेको थियो । जलहरी राख्ने कार्य रोक्न माग गर्दै ढुंगाना र वैद्यले सर्वाेच्च अदालतमा रिट दर्ता गराएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस