
२ चैत, काठमाडौं । तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता–२०२१ हुँदैछ । काठमाडौं स्थित मण्डिखाटार टेनिस क्लबमा यो महिनाको १७ देखि २२ गतेसम्म उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरूले दशरथ रङ्गशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस संघ सातदोबाटो, कास्की जिल्ला टेनिस संघ पोखरा, रूपन्देही लन टेनिस संघ बुटवल, मण्डीखाटार टेनिस क्लब काठमाडौं र नाउलिङ्ग सपोर्टस भिल्ला काठमाडौंबाट आवेदन फारम भर्न सक्छन् । आइएमई फाउन्डेसनको वेभ साइटबाट पनि आवेदन दिन सकिन्छ ।
फारम सोही महिनाको १२ गतेभित्र बुझाइ सक्नुपर्ने बताइएको छ । टेनिस खेलको विकास र विस्तारसँगै बालबालिकामा खेलप्रति रूची जागोस् भन्ने उद्देश्यले आइएमई फाउन्डेसनले चार वर्षदेखि यो प्रतियोगिता गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस