समाचार

विवाह गर्छु भन्दै किशोरीलाई पटक–पटक बलात्कार गर्ने एक पक्राउ

ramesh hajara

२ चैत, काठमाडौं । विवाह गर्छु भन्दै जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पर्साकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाराको जितपुर सिमरा उप–महानगरपालिका–१० घर भएका रमेश हजरा पासवान पक्राउ परेका हुन् ।

ती किशोरीलाई विवाह गर्छु भनी विश्वास दिलाई वीरगंजस्थित एक लजमा लगि पटक-पटक जबरजस्ती करणी गरी गर्भ बोकाएको भनी फागुन २१ गते प्राप्त जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस