
२ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आइतबारदेखि जारी नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक अनिश्चितकाल सम्मका निम्ति स्थगित भएको हो ।
पार्टीका स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरु संगठन पुनर्संरनाको काममा लाग्ने भएपछि केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेकपा नाम विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पुनरावलोकनका लागि निवेदन दिनुपर्ने, सरकार गठन लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे सबै राजनीतिक दलसँग छलफल गर्नुपर्ने लगायत कारणले पनि बैठक स्थगित गर्नु परेको नेता श्रेष्ठले बताए ।
नेता श्रेष्ठका अनुसार सोमबारको बैठकमा २० जना केन्द्रीय सदस्यहरु आफ्नो धारणा रोखेका छन् ।
प्रतिक्रिया दिनुहोस