मुख्य समाचार

राष्ट्रपतिले बोलाइन् सर्वदलीय बैठक

Bidya Bhandari

२ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी छन् ।

मंगलबार शीतल निवासमा सर्वदलीय बैठक बस्ने भएको हो । बैठकमा सहभागी हुनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।

सर्वदलीय बैठकको एजेण्डा नखुलाइए पनि पछिल्लो राजनीतिक घटनाक्रम र निकासबारे छलफल गर्नका लागि बैठक आह्वान गरिएको स्रोतको दाबी छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार मंगलबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस