बैँक / वित्त

बैंक अफ काठमाण्डूको विशेष साधारण सभा सम्पन्न, ३ जना सञ्चालक निर्वाचित

bok sanchalak

३ चैत, काठमाडौं । बैंक अफ काठमाण्डूको विशेष वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । उक्त समारोह बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु गोविन्द प्रसाद शर्मा, मदन लाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।

बैंकले हाल ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस