स्वास्थ्य

प्याजले निम्त्याउँछ यस्ता समस्या ?

onion pyaj

३ चैत, काठमाडौं । हाम्रो भान्सामा सधैँ प्रयोग हुने तरकारीमध्ये प्याज पनि एक हो । तरकारीमा, अचारमा र सलादको रुपमा प्रयोग हुने प्याजका बेफाइदाहरु पनि छन् ।

प्याजले खानाको स्वाद बढाउनुका साथै खानालाई सुन्दर पनि बनाउँछ । यसले खानालाई बास्नादार पनि बनाउँछ । प्याजलाई विभिन्न परिकारको रुपमा पनि खाने गरिन्छ । भने कतिपयले काचो प्याज पनि खाने गर्छन् ।

कसैले प्याजलाई चटनी पनि बनाएर खाने गर्छन् । प्याजमा भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट जस्ता पदार्थहरु पाइन्छ ।

प्याजको बेफाइदा:
-प्याजमा अधिक मात्रामा फाइभर पाइन्छ । फाइभर शरीरका लागि फाइदाजनक हुन्छ । तर धेरै फाइबर खाँदा पेट दुख्ने समस्या आउन सक्ने भएकाले पेट दुखेको समयमा प्याज खानु हुँदैन ।

-काँचो प्याज खाँदा पचाउन गाह्रो हुन्छ । जसले गर्दा एसिडिटी र छात्ती पोल्ने समस्या आउन सक्छ । प्याजमा प्राकृतिक फ्ुटोक्स हुने भएकाले ग्यासको समस्या पैदा हुन्छ ।

-गर्भवती महिलाले प्याजको सेवन धेरै गर्नुहुँदैन । गर्भवती भएको समयमा प्याजको सेवन गर्दा छात्ती पोल्ने, डकार आउने, बान्ता आउने जस्ता समस्या आउँछन् ।

-अत्यधिक मात्रा प्याज खाँदा रगतमा चिनीको मात्रा कम हुने समस्या आउँछ ।

-काँचो प्याज खाँदा मुखमा दुर्गन्ध आउँछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस