३ चैत, काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आज एमाले नेता, कार्यकर्ताहरुका लागि चियापान आयोजना गरेका छन् ।
नेकपा माओवादी केन्द्रसँगको एकता सर्वोच्च अदालतले अमान्य घोषित गरेपछि ओलीले बालुवाटारमा चियापान आयोजना गरेका हुन् ।
चीयापानमा सरकारका सबै मन्त्रीहरु सहभागी थिए । मुख्यमन्त्रीहरुमा शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ्ग, शेरधन राई र डोरमणि पौडेल पनि पुगेका थिए । मााधव नेपाल पक्षीय नेताहरु भने चीयापानमा अनुपस्थित भएका थिए ।
प्रतिक्रिया दिनुहोस