३ चैत, बुटवल । कपिलवस्तुमा टेलरट्रकमा फल्स वटम बनाएर भारत लैजाँदै गरेको ४२ सय लिटर डिजेल बरामद भएको छ ।
कृष्णनगर नगरपालिका २ लिङ्गगेटस्थित सीमा इलाकाबाट एपीएफ टोलीले तीन लाख २७ हजार रुपैयाँबराबरको चोरी-निकासीको डिजेल बरामद गरेको हो ।
सातवटा टेलर ट्रकमा फल्स वटम डिजेल ट्याङ्की बनाई नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको अवस्थामा ४२ सय लिटर डिजेल बरामद गरेको हो । बरामद डिजेल कृष्णनगर भन्सार कार्यालयमा बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस