
३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षका नेता कार्यक्रमहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार पार्टीका केन्द्रीय सदस्यहरूका लागि गरिएको चियापान कार्यक्रममा बोल्दै उनले बुधबार र बिहीबार माधव नेपाल पक्षले गरेको कार्यकर्ता भेलामा गए कारबाही गर्ने बताएका हुन् ।
माधव नेपाल पक्षले बोलाएको भेलामा जानेलाई पार्टी नीति र विधान अनुसार कारबाही गर्ने चेतावनी ओलीले दिएका छन् ।
कोही पनि एमाले कार्यकर्ताहरु भेलामा नजाने उनले आग्रह गरे । ‘सुन्दैछु भोलि भेला आयोजना गरेको छ रे। नेकपा एमालेसँग आवद्ध, सम्बन्ध कोही नेता वा कार्यकर्तालाई गुटगत भेला नगर्न, नगराउन र त्यस्ता भेलामा सरिक नहुन, नजान त्यस्ता भेलामा सहभागी नहुने म नेता कार्यकर्तालाइ सचेत गराउँछु’ ओलीले भने ।
प्रतिक्रिया दिनुहोस