मुख्य समाचार

प्रतिनिधिसभा बैठक ६ गतेसम्मका लागि स्थगित

Parliament Agni

३ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक चैत ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

मंगलबार संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित र सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरेको जानकारी गराइएको थियो ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले संविधानसभा सदस्य यादवको निधनमा दु:ख व्यक्त गर्दे शोक प्रस्ताव पारित गरेको हो ।

शोक प्रस्ताव पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले एक मिनेट मौन धारण गर्न आह्वान गरेका थिए । मौन धारणपछि सभामुख सापकोटाले चैत ६ गते संसद बस्नेगरी स्थगित भएको जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस