सेयर मार्केट

सेयर बजारमा सामान्य बृद्धि, कारोबार रकम भने खुम्चियो

stock market

३ चैत, काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य बृद्धि भएको छ । सेयर बजार २.५६ अंकले बढेर २३९१.७४ बिन्दुमा रोकिएको छ ।

कारोबार रकम भने ३ अर्बमा झरेको छ । मंगलबार ३ अर्ब ३७ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन सातवटा उपसमुहमा बृद्धि छ भने ६ वटा उप समुहमा गिरावट छ । जीवन बीमातर्फ २३०.२९ अंकको बृद्धि छ भने माइक्रोफाइनान्स समूहमा २७.३६ अंकको बृद्धि छ । सबैभन्दा बढी गिरावट ट्रेडिङ समूहमा छ ।

चन्द्रागिरी हिल्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, घलेम्दी हाइड्रोपावर, ग्रिन लाइफ हाइड्रोपावर र खानीखोला हाइड्रोपावर लिमिटेड सबैभन्दा बढी कमाउनेको शीर्ष पाँच नम्बरका कम्पनी हुन् । राष्ट्रिय बीमा कम्पनीको सेयर भने सबैभन्दा बढी गुमाउनेका शीर्ष एकमा परेको छ । कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस