बैँक / वित्त

राष्ट्रिय वाणिज्य बैंकको व्यवसायिक कर्जाको अधिकतम प्रिमियम दर घट्यो

udhyog banijya mahasang

३ चैत, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७७ चैत्र १ गतेबाट लागू हुने गरी सम्पूर्ण व्यवसायिक चालुपूँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ ।

बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाइ २.७५ प्रतिशत मात्रै हुने गरी तोकेको हो । बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमान्ड लोन, चालुपुँजी जस्ता व्यवसायिक कर्जा प्रवाह गरिरहेको जनाएको छ ।

बैंकले निक्षेपमा दिने ब्याजदर भने वृद्धि गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस