विश्व/प्रवास

१५ वर्षकी किशोरीलाई १८ जनाभन्दा बढीले गरे ९ दिनसम्म बलात्कार !

15 year girl raped for eight days

३ चैत, काठमाडौं । भारतको राजस्थानस्थित कोटाबाट एक १५ वर्षकी किशोरीलाई झालावाड लगेर १८ जनाभन्दा बढी बलात्कारीले ९ दिनसम्म बलात्कार गरेका छन् । जब यी किशोरी पीडाले चिच्याउँथिन्, तब उनलाई नशाको डोज दिइन्थ्यों । त्यतिबेला पनि नमान्दा नराम्रोसँग कुटिन्थ्यो । घर पुर्याइदिन याचना गर्दा उनलाई चक्कू देखाएर धम्क्याइएको थियो ।

पीडितका अनुसार उनले चिनेकी उनका साथीहरुले ब्याग किनिदिने बहानामा कोटास्थित सुकेतबाट झालावाड लगेका थिए । त्यहाँ उनलाई बलात्कारीहरूको हवाला गरियोे, त्यसपछि ९ दिनसम्म घर, होटल, निर्माणाधीन पसल र खेतमा कैयौंपटक बलात्कार गरियो । ५ मार्चमा त्यसपछि सुकेत फिर्ता गरियो ।

पीडितका अनुसार २५ फेब्रुअरीमा ब्याग किनिदिने बहानामा दुुई साथी बुलबुल र चौथमलले उनलाई सुकेतबाट झालावाड लगेका थिए । त्यहाँ एउटा पार्कमा केही केटाहरु बसेका थिए । तर, उनीहरुको नाम पीडितलाई थाहा छैन । नब्बू, सोनू (नाम परिवर्तन) र अर्का एक युवक थिए, जसलाई बुलबुलले उस्ताद भनेर बोलाउँथिन् । रातको नब्बूले स्कुटीमा उनलाई एक कोठामा लगे । त्यहाँ स्थानीयले हंगामा गरेपछि नब्बू भागे र प्रहरीले बालिकालाई पक्रियो । त्यसपछि नाम– ठेगाना बुझेर छाडिदियो ।

भागेर पार्कमा आएकी बालिकाले त्यहाँ फेरि नब्बू, सोनू र साहिललाई भेटिन् । साहिलले स्कुटरमा राखेर गागरोन लगे, नब्बू र सोनू पनि गागरोन आइपुगे । राती झन्डै १२ बजे झालावाड ल्याए र एक निर्माणाधिन पसलको दोस्रो तलामा नब्बूले बलात्कार गरे । अपांगता भएको जस्तै देखिने अर्को एक युवकले त्यसपछि होटलमा लगे, त्यहाँ पुरै रात बलात्कार गरे ।

बिहान ६–७ बजे फेरि मन्डी चौराहस्थित पार्कमा साहिलले युवतीलाई लगे । त्यहाँ राजासँग भेटाइदिए । राजाले छोटूलाई बोलाए । छोटूले मोटरसाइकलमा कुनै होटलमा लगे, जहाँ धेरै युवक थिए । उनीहरु नशामा थिए । राजाले शाहरुखसँग भेटाए । उसले होटलमा लगे, तर होटलवालाले पीडितको उमेर सोधे। त्यसपछि, नाबालिग रहेको भन्दै फर्काइदिए। त्यसपछि शाहरुख र राजाले आफ्ना साथीको घर लगे ।

दुबैले दुर्व्यवहार गरे । त्यहाँबाट साहिलर अर्का एक युवकले कारमा गागरोन लगे । त्यहाँबाट साहिलले आफ्नो साथीसँग लग्यो । त्यहाँ पनि तीनैजनाले दुर्व्यवहार गरे । अस्वीकार गर्दा साहिदलले थप्पड हाने, नशालु पदार्थ खुवाइदिए । त्यसपछि फेरि त्यही पार्कमा ल्याए । जहाँ बुलबुल र चौथमल पनि थिए । त्यसपछि झालावाड ल्याएर चिन्टुसँग छाडिदिए । बिट्टू र चिन्टूले पनि रातभर बलात्कार गरे । बिट्टू गइसकेपछि उसका दुुई सालाहरुले पनि रातभर बलात्कार गरे ।

बिहान नाना नामक पूरुषले लिएर गए । दिनभर गागरोन घमाइरहे, त्यसपछि खेतमा लगेर बलात्कार गरे । चक्कू देखाएर तर्साउने काम गरिरहे । बिहान नानाले त्यही पार्कमा छाडिदिए, जहाँ सोनूसँग पीडितको भेट भएको थियो । छोटू पनि आयो । उनीसँगै अर्का एक युवक थिए । छोटूसँगै आएको त्यस युवकले बालिकालाई लिएर गयो ।

कुनै कोठामा लगेर छोटू र उनका साथीले बलात्कार गरे । घरबेटीले पनि बलात्कार गर्न खोजे, तब पीडित चिच्याइन् र घरबेटीले सबैलाई भगाइदिए । त्यसछि फद्दू भेटियो । सोनूको साथी डिके पनि आयो, उसले पनि रातभर दुष्कर्म गर्यो । डिकेले बिहान फेरि एक पार्कमा लिएर गयो । त्यहाँ उसले छोड्नासाथ सोनू आइपुग्यो । सोनूसँग अर्को एक युवक पनि थियो । उनीहरुले आँखामा पट्टी लगाइदिएर कतै लगे, जहाँ सोनूले बलात्कार गर्यो । त्यसपछि अन्य तीन केटा आए, सोनूले उनीहरुलाई नै बालिका सुम्पिदियो । यी केटाहरुले गागरोन लिएर गए, नशालु पदार्थ खुवाए । गागरोनमा बुलबुल, चौथमल र नाना आइपुगे । उनीहरुलाई देखेपछि तीनै जना केटाहरु भागे ।

यसपछि उनीहरुले सुकेत लिएर आए । बालिकाको अवस्था निकै खराब थियो, उनी २४ घण्टासम्म सुतेको सुत्यै भइन् । ९ दिनसम्म उनी राम्ररी सुतेकी थिइन् र नशामा पनि थिइन् । अर्को दिन उनले आमासँग प्रहरी चौकी गएर रिपोर्ट लेखाइन् । …

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *