३ चैत, काठमाडौं । अमेरिकाको नागरिक हुँ भन्दै अनलाइनमार्फत ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको लहान घर भएका रञ्जित यादव छन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय मोरङसँगको समन्वयमा रञ्जितलाई विराटनगरबाट पक्राउ गरेको हो ।
तामाङले ‘म अमेरिकाको नागरिक हुँ’ भनि बिभिन्न व्यक्तिहरुसँग कुराकानी गरी विश्वास दिलाइ पीडितहरुलाई बिभिन्न ईलोक्ट्रोनिक सामानहरु, नेपालसम्म डेलिभरी गराई दिने प्रलोभनमा पारी रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
उनलाई महानगरीय प्रहरी परिसर ललितपुरमा राखी अनुसन्धान कार्य भइ रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस