मुख्य समाचार

राष्ट्रपतिको सर्वदलीय बैठकमा प्रधानमन्त्रीको चेतावनी: काम गर्न नदिए फेरि पनि संसद भंग गर्छु

president bhandari

३ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: प्रतिनिधिसभा विघटन गर्न सक्ने अभिव्यक्ति दिएका छन् । मंगलबार साँझ राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘मलाई संसदबाटै काम गर्न दिइएन् । मुद्दै मुद्दा हालियो । अदालतबाट मलाई हराइयो,’ उनको भनाईलाई उदृत गर्दै एक नेताले भने, ‘अहिले पनि संसद चल्न दिइएन् । फेरि पनि विघटनको औचित्य पुष्टि भएको छ । सरकार र संसद चल्न नसके फेरि पनि विघटन हुन्छ ।’

उनले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमको बचाउ गरेका थिए । बैठकमा उनले सरकारलाई काम नै गर्न नदिएको भन्दै गुनासो पोखेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस