समाचार

प्रधानसेनापति थापा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिबीच भेटवार्ता

purna chandra thapa

३ चैत, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीबिच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

उक्त भेटवार्ताको दौरान संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागिता लगायत अन्य द्विपक्षीय महत्वको विषयहरुमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ ।

यस किसिमको भेटवार्ताले नेपाली सेना र संयुक्त राष्ट्रसंघीचको आपसी सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस