मुख्य समाचार

चैत ४ र ५ गतेको माधव समूहको भेलामा नजान निर्देशन

Ishwor pokhrel

३ चैत, काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले नेकपा एमालेका तर्फबाट चैत ४ र ५ गते कुनैपनि भेला आयोजना नगरेको जनाएका छन् । महासचिव पोखरेलले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै नेकपा एमालेको नाममा भेला आयोजना गर्न लागेको भनेर गरिएको प्रचारप्रति गम्भिर ध्यानाकर्षण भएको समेत बताएका छन् ।

उनले एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई लक्षित गर्दै अनाधिकृत गुट भेला नगर्न, नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाए पनि नजान नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न नगराउन, भेला आयोजनाका नाममा भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटको भेलामा सहभागी नहुन नेकपा एमाले सवै नेता कार्यकर्ताहरूलाई विशेष निर्देशन गर्दछ’, पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पस्ट गरिन्छ ।’

notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *