समाचार

सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ घाइते

sinduli accident

३ चैत, काठमाडौं । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मंगलबार दिउँसो सिन्धुलीमाडीबाट बाँसकटेरीतर्फ गइरहेको बोलेरो जिप कमलामाई नगरपालिका–७, करमडाँडामा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) आभूषण तिमिल्सिनाले दुर्घटनामा चार जनाको मृत्यु भएको बताए । उनका अनुसार जिपमा ११ जना सवार थिए । एसपी तिमिल्सिनाका अनुसार मृत्यु हुनेहरुमा कमलामाई नगरपालिका ४ बाँसकटेरीका अन्दाजी ६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षीया रीता स्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र उनका २ वर्षीय छोरा मनिष श्रेष्ठ रहेका छन् ।

बोलेरो चालक ३८ वर्षीय भोज विक्रम थापा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । दुर्घटनामा परेर धनबहादुर श्रेष्ठ, शान्तिमाया थिङ, कविता श्रेष्ठ, सुनमाया थिङ, सुकुमाया पुलामी र उनका छोरा दुई वर्षीय रेमन पुलामी घाइते भएका छन् । अर्की घाईते २८ वर्षीय विनिता श्रेष्ठ सहित सवैको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

जिप सडकबाट अन्दाजी ६० मिटर तल खसेको थियो । कच्ची सडक र ओभरलोडका कारण दुर्घटना भएको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *