मुख्य समाचार

नर्भिक अस्पतालले भन्यो– नवीन्द्रराज जोशीको उपचार भेन्टिलेटरमा भइरहेको छ !

Nabindra Raj Joshi

४ चैत, काठमाडौं । नर्भिक अस्पतालले नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको जानकारी दिएको छ । केही सञ्चारमाध्यमले जोशीको निधन भएको भनी समाचार सार्वजनिक गरेपछि नर्भिक अस्पतालले विज्ञप्तिमार्फत जोशीको उपचार भइरहेको जनाएको हो ।

“यस नर्भिक इन्टरनेशनल हस्पिटलमा मष्तिष्कघात भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ,” जारी विज्ञप्तिमा भनिएको छ, “फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौं । उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस