
४ चैत, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ । अहिले देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।
देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, राती देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली र तराईका भु-भागमा आंशिक बदली रहनेछ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।