मनोरञ्जन ताजा समाचार

चलचित्र ‘ए’ को छायाँकन सुरु

A full movie

४ चैत, काठमाडौं । चलचित्र ‘ए’ को छायाँकन सुरु भएको छ । विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स् र थ्रिलर चलचित्र ‘ए’ को मंगलबार शुभमुर्हत सहित छायाँकन सुरु भएको हो ।

काठमाडौं, बनेपा र साँगामा छायाँकन हुने बताइएको चलचित्रमा प्रमोद अग्रहरी, सोहित मानन्धर, छुल्ठिम गुरुङ, रीस्ता बस्नेत तथा रवि गिरी, बिकेश प्रजापति, सुरज विष्ट, समिक्षा क्षेत्री, अजित रेग्मी, विपिन कार्की, गीता विष्टलगायतको मुख्य भूमिका रहनेछ ।

बाल कलाकार जसिका घिमिरे, अभिमान सिंह बस्नेत, प्रतिक भुजेल र रुपेश थापाका पनि अभिनय रहने चलचित्रमा पटकथा तथा संवाद भोमन कटुवाल र आकाश उखेडाले तयार पारेका हुन् । मोहन कुमार झिल्लुको छायाँकन, अनिलकुमार महर्जनको सम्पादन रहने भोमन कटुवालले निर्देशन गर्दैछन् । चलचित्रका निर्माता प्रह्लाद काफ्ले हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस