४ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएकाे छ । ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुबीचको छलफलपछि भेला सुरु भएकाे हाे ।
ललितपुरकाे सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएकाे भेला भाेलिसम्म चल्ने छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल नेपाल समूहले समानान्तर गतिविधि अगाडि बढाएकाे छ ।
ओली पक्षले खनाल नेपाल पक्षकाे भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिए पनि देशभरबाट नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेकाे छ । बैठककाे अध्यक्ष नेता खनालले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस