
४ चैत, काठमाडौं । साधारण शेयर (आईपीओ) जारी गर्नका लागि सर्वोत्तम सिमेन्टले बिक्री प्रबन्धक नियुक्त गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी सर्वोत्तमले आईपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो ।
आजै कम्पनीले प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक समेत नियुक्त गरेको छ । सर्वोत्तमले बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने तयारी गरेको छ । आईपीओ जारी गरेको ३ महिनाभित्रै ३५ प्रतिशतसम्म लाभांश दिने समेत कम्पनीले दावी गरेको छ ।
३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले १५ प्रतिशत अर्थात ६० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्दैछ । ७५० रुपैयाँ प्रतिकित्ता हुने गरी यसले आईपीओ जारी गर्ने कम्पनीकाे तयारी छ ।
प्रतिक्रिया दिनुहोस