४ चैत, सुर्खेत । हिमाली जिल्ला डोल्पामा सडक खन्ने क्रममा डोजर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी एकजना घाइते भएका छन् ।
जिल्लाको त्रिपूरासन्दरी नगरपालिका–३ रुमगाउँमा सडक खन्ने क्रममा डोजर दुर्घटना हुँदा जाजरकोट नलगाड नगरपालिका–११ घर भएका १७ वर्षीय हेमराज सिंहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेले जानकारी दिए ।
यस्तै त्रिपुरासुन्दरी–११ का १५ वर्षीय एकराज बुढा घाइते भएका छन् । उनको हात खुट्टामा चोट लागेको छ । एकराजलाई उपचारका लागि त्रिपुराकोटतर्फ ल्याउँदै गरेको डीएसपी पाण्डेले बताए ।
डोजर चालक अनमोल सिंह फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । डोजर सडकबाट करिब ३ सय मिटर तल खसेको थियो।
प्रतिक्रिया दिनुहोस