बैँक / वित्त

नेपाल बैंकले ३०० युवालाई विना ब्याज ३ लाखका दरले कर्जा दिने

nepal bank loan

४ चैत, काठमाडौं । नेपाल बैंक लिमिटेडले ३०० जना युवालाई विना ब्याज जनही ३ लाखका दरले व्यवसायिक कर्जा दिने भएको छ । राष्ट्रिय युवा परिषद्, चाँगुनारायण नगरपालिकाको जमानीमा बैंकले यस्तो कर्जा दिने भएको हो । मंगलबार बैंक र नगरपालिकाबीच कर्जा प्रवाहको सहमति भएको छ ।

यस्तो सहमति बैंक र नगरपालिकाको संयुक्त आयोजना चैत ३ देखि ०९ गतेसम्म ७ दिन ‘सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा वित्तीय साक्षरता (जीवाईबी/एसवाईबी)’तालिम कार्यक्रम सञ्चालन गर्ने र सो कार्यक्रम पश्चात तालिमप्राप्त ३०० जनालाई नगरपालिकाको जमानीमा बैंकले विना ब्याज कर्जा प्रवाह गर्ने सहमति भएको छ ।

राजधानीमा मंगलबारदेखि जारी सो तालिममा १० समूहमा ३७० जना नगरवासी युवाहरुको सहभागिता रहेको चाँगुनारायण नगरपालिकाले जनाएको छ । सो अवसरमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रभावकारी सहुलियतपूर्ण कर्जा कार्यन्वयनको लागि परिषद्ले युवा र बैंकलाई जोडने काम गरेको बताएका छन् ।

साथै बैंकले युवाको प्रस्तावनाको आधारमा कर्जा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए । यता,कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैंकका डिपुटी सिइओ प्रकाश अधिकारीले आवश्यक डकुमेन्ट सहित प्रक्रियामा आए बैंकले त्यस्तो प्रस्तावना हेरेर लगानी गर्ने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *