
४ चैत, काठमाडौं । पर्वत र बैतडीमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।
पर्वतको जलजला गाउँपालिका–३, वारिबेनी बस्ने १८ वर्षीय असल परियार सोही ठाउँस्थित ठूलो सल्लेरी सामुदायिक वनको रुखको जरामा अड्केको अवस्थामा मृत फेला परेका छन् ।
त्यस्तै, बैतडीको सुर्नया गाउँपालिका–६, सुर्नया खोलाको किनारमा दोगडाकेदार गाउँपालिका–८, कालागाउँ बस्ने ४५ वर्षीय नरेश विष्ट मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस