कर्णाली प्रदेश

एमालेले फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन

UML karnali

४ चैत, काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।

त्यस्तै, सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको उनले बताए । कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा छन् । १९ जनामध्ये बैठकमा १० जना उपस्थित थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस