समाचार

रोल्पामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या

Murder

४ चैत, रोल्पा । रोल्पामा एक युवकको हत्या भएको छ । परिवर्तन गाउँपालिका–६ चावाङका ३० वर्षीय वीरेन्द्रप्रकाश गिरीको अपरिचित समूहले हाम्जा खोला नजिकै धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

त्यस समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय घर्ती गाउँ, प्रहरी चौकी इरिवाङ र प्रहरी चौकी पाछाबाङबाट टोली खटाइ अनुसन्धान भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस