विश्व/प्रवास

श्रीलङ्कामा आठ लाखले लगाए कोरोनाको खोप

corona vaccine

४ चैत, काठमाडौं । श्रीलङ्कामा अहिलेसम्म कोरोनाभाइरसविरुद्धको खोप आठ लाखभन्दा बढीले लगाएका छन् ।

स्वास्थ्य अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार फेब्रुअरीको प्रारम्भदेखि अस्ट्राजेनिका खोप लगाउन थालिएको हो । खोप अभियान सुरु गर्दा सबैभन्दा पहिला अग्रपङ्क्तिमा रहेर काम गरेकाहरूलाई खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अघिल्लो हप्ताको अन्त्यतिरदेखि ६० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई खोप लगाउने व्यवस्था गरिएको छ । खोप लगाउने वृद्धवृद्धाको दैनिक सङ्ख्या वृद्धि हुँदै आएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये श्रीलङ्कामा अहिलेसम्म ५३४ जनाको मृत्यु भएको मन्त्रालयलको तथ्याङ्क छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस