समाचार

चट्याङको पूर्वानुमान गर्नै कठिन

chatyang

५ चैत, सुर्खेत । सुर्खेतको लेकबेसीँ नगरपालिका–२ र दैलेखको एक घरमा केही दिनअघि परेको चट्याङले घर, गोठ तथा पशुचौपाया जल्यो । त्यसको एक दिनअघि सुर्खेतकै सिम्तागाउँको गोठमा चट्याङ पर्दा ओत लागेका एक व्यक्ति घाइते भए ।

ताप्लेजुङ र सिन्धुलीमा चट्याङ पर्दा एक जना घाइते भए भने धनमाल जलेर  नष्ट  भयो । अहिले पूर्व–मनसुन सुरु भएसँगै मेघ गर्जन र चट्याङ पर्ने  घटना बढ्दै गएको छ । अझै करिब एक साता बदलीकै अवस्था रहने हुँदा मेघ गर्जन र चट्याङ बढ्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । अहिले नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै छ ।

पूर्वमनसुनको प्रकृतिअनुसार मध्याह्नपछि बदलीसँगै वर्षा हुने र मेघ गर्जनसहित चट्याङ पर्ने  गर्छ । कालो बादल देखिए पनि कडा खालको वर्षाको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस