५ चैत, काठमाडौं । भारतमा कोरोनाका नयाँ संक्रमितको आँकडा लगातार बढिरहेको छ ।
बुधबार ३५,८३८ मानिसहरु कोरोनाद्वारा संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा १७,७९३ बिरामी निको भए भने १७१ को मृत्यु भएको छ । यसका साथै उपचार गराइरहेका बिरामी अर्थात् एक्टिभ संक्रमितको आँकडा २ लाख ४९ हजार १ सय ९७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक्टिभ संक्रमितमा १७,८६२ को वृद्धि भएको छ । नयाँ संक्रमितको आँकडा ५ डिसेम्बरपछि अर्थात् १०१ दिनमा सबैभन्दा धेरै हो । ५ डिसेम्बरमा ३६,०१० संक्रमित भेटिएका थिए ।
भारतमा हालसम्म कूल १ करोड १४ लाख ७४ हजार ३०२ जना यो महामारीको चपेटमा आइसकेका छन् । १ करोड १० लाख ६१ हजार १७० निको भएका छन् जबकी १ लाख ५९ हजार २५० मानिसहरुको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस