५ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टी एकताको प्रस्तावक आफू भएको बताएका छन् । आज सिन्धुलीमा कार्यकर्ताहरुसँगको छलफलमा प्रचण्डले यस्तो बताएका हुन् ।
उनले कम्युनिस्ट एकता प्रतिक्रियावादीलाई मन नपरेको र उनीहरुले आफूलाई नै निसाना बनाएको जिकिर गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाठगको संज्ञासमेत दिए ।
“ओली त महाठग रहेछन् । यस्तो ठग देखिनँ । पार्टी फुट्ला कि भनेर थरथर काम्नुपर्ने भयो । पार्टी बच्ला कि भनेर प्रधानमन्त्री पनि पाँचै वर्ष खाऊ भनेँ । तर पनि भएन,” उनले भने, “ओलीको मलाई पनि सिध्याउनेबाहेक देखिएन । मैले पनि लड्नैपर्ने भए जमेरै लड्ने भनेर १९ बुँदे ल्याएको हुँ । १९ पेज लामो दस्तावेजको बम ओलीमाथि हानेपछि महामारी सुरु भएको छ ।”
प्रतिक्रिया दिनुहोस