विश्व/प्रवास

पूर्वी अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना, नौ जनाको मृत्यु

hilicopter crash

५ चैत, काठमाडौं । अफगानिस्तानको  वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा नौं व्यक्तिको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार पुष्टि गरेको छ ।

बुधवार राती वार्दाक प्रान्तको बिहसुद जिल्लाको सो दुर्घटना भएको थियो । यस दुर्घटनामा परी चार जना चालक दलका सदस्य र पाँच अफगान राष्ट्रिय सेना मारिएका मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

सेनाले दुर्घटनाको विषयमा अनुसन्धान गरिरहेको र सत्यतथ्य विवरणहरू बाहिर आएपछि जारी गर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।

गत नोभेम्बरमा पूर्वी प्रान्त नान्र्गाहरमा सेना हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा अफगान वायु सेनाका दश सदस्य मारिएका  थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस