
५ चैत, दोलखा । भिमेश्वर नगरपालिका ९ खरीढुङ्गाबाट बाग्लुङ गल्कोट नगरपालिका ३ हटिया बस्ने ३० वर्षीय पुरुषको ९ लाख ५० हजार रुपैयाँ बुधबार दिउँसो ठगी भएको छ ।
विजय गुरुङ नाम बताउने पुरुषसमेत दुईजनाले अमेरिकी डलर २२ हजार ५०० छ भन्दै फोनमार्फत डलरसँग साट्नको लागि बोलाई साथमा ल्याएको उक्त नगद ठगी गरी अमेरिकी डलर नदिई फरार भएको बताइएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले अभियुक्तको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस