समाचार

आर्मी अफिसर्स क्लबमा आगलागी

army headquarter

५ चैत, काठमाडौं । नेपाली सेनाको मुख्यालयको एक भवनमा आज ‘सटसर्किट’ भई आगलागी भएको छ । आर्मी अफिसर्स क्लबको साउना रुममा सटसर्किट भई केही धुवाँ आएको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

उनले कुनै जनधनको क्षति नभएको र घटना एकदमै सामान्य रहेको बताए । “साढे १२ बजे सटसर्किट भई दुघर्टना भएको र साढे १ सम्ममा घटना नियन्त्रणमा आइसकेको थियो,” उनले भने । सटसर्किट के कारणले भयो ? भन्नेबारे अनुसन्धान भइरहेको जंगीअड्डाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस