सूचना प्रविधि

सातै प्रदेशमा ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२१’ आयोजना हुँदै

ICT startup

५ चैत, काठमाडौं । लिभिङ विथ आइसीटीले सातै प्रदेशमा ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२१’ को आयोजना गर्ने भएको छ । आगामी वैशाख पहिलो सातादेखि सुरु हुने आइडिया फेस्टमा स्थानीय स्टार्टअप र इन्नोभेटिभ आइडिया भएका व्यक्तिहरूले प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

आइसीटी अवार्ड २०२१ को प्रि इभेन्ट क्याम्पियनको रूपमा आयोजना हुन लागिरहेको स्टार्टअप एन्ड आइडिया फेस्ट २०२१ सातै प्रदेशका प्रमुख सहरहरूमा आयोजना हुनेछन् । वैशाख पहिलो साता प्रदेश नम्बर–१ को विराटनगरबाट सुरू हुने कार्यक्रम जेठ दोस्रो साता सुदूरपश्चिम प्रदेशको धनगढीमा गएर समापन हुनेछ ।

यसैगरी, प्रदेश नम्बर–२ मा वीरगन्ज, वाग्मती प्रदेशमा हेटौँडा, गण्डकी प्रदेशमा पोखरा, लुम्बिनी प्रदेशमा बुटवल र कर्णाली प्रदेशमा सुर्खेतमा कार्यक्रम आयोजना हुने जनाइएको छ । फेस्टमा प्रविधि क्षेत्रमा काम गरिरहेका स्थानीय स्टार्टअप र विद्यार्थीका इन्नोभेटिभ प्रोजेक्टहरूले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

चैत १ गतेदेखि खुला गरिएको रजिस्ट्रेसन चैत २५ गतेसम्म जारी रहने जनाइएको छ । हरेक प्रदेशबाट उत्कृष्ट एक स्टार्टअपलाई १० लाखसम्मको सहुलियतपूर्ण ऋण सुविधा प्रदान गरिने र उत्कृष्ट आइडियालाई ३ लाख रुपैयाँसम्मको ‘सिड फन्डिङ’ गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस