सेयर मार्केट

सेयर बजारमा ४२.९५ अंकको बढोत्तरी, कारोबार रकम भने ४ अर्बमा खुम्चियो

stock market

५ चैत, काठमाडौं । गएको सातासम्म लगातार ओरालो यात्रामा रहेको सेयर बजारले यो साता भने पुनः लय समातेको छ । साताको दोस्रो कारोबार दिन सोमबार २४०० अंकको विन्दुबाट तल झरको सेयर बजार पछिल्लो तीन कारोबार दिनमा भएको वृद्धिसँगै २५०० अंकको विन्दुलाई पछ्याएको छ ।

साताको अन्तिम कारोबार दिन आज बजार परिसूचक नेप्से ४२.९५ अंकले वृद्धि भएर २४७५.०९ अंकमा बन्द भएको छ । गएको फागनु ९ गते २१४० अंकको ऐतिहासिक विन्दुमा पुगेको थियो । त्यसपछि घट्न सुरु भएको नेप्से यही साताको सोमबार २३८९.१९ अंकसमम झरेको थियो । त्यसपछि मंगलबार बुधबार र बिबीबार तीन दिन लगातार बढेको नेप्सेले पुनः २५०० अंकको विन्दुलाइ पछ्याएको छ ।

बजार परिसूचक बढ्न लागे पनि कारोबार रकम भने स्थिर नै देखिएको छ । अघिल्लो महिना दैनिक औसत ८ अर्बमाथिको कारोबार भएको बजारमा यो साता कारोबार रकम ३/४ अर्बमा मात्रै सीमित भएको छ । यद्यपि, हिजो बुधबारको तुलनामा भने कारोबार रकम बढेको छ । बुधबार ३ अर्ब ३७ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ६६ करोडको कारोबार भएको छ । ५७ हजार ७४२ पटकमा २१३ कम्पनीको १ करोड १६ लाख ५७ हजार ९७५ कित्ता सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस