समाचार

नेपाल टेलिकमको सञ्चालक समितिमा पौडेल निर्विरोध चयन

ambika prasad poudel

५ चैत, काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समितिमा पहिलो पटक अम्बिकाप्रसाद पौडैल निर्विरोध चयन भएका छन् । पौडेल सर्वसाधारणबाट सञ्चालक समितिमा निर्विरोध चयन भएका हुन् ।

कम्पनीको सञ्चालक समिति सदस्यको लागि मनोनयन गर्ने समय आज दिउँसो २ बजेसम्म सर्वसाधारणतर्फको सञ्चालकको लागि पौडेलको मात्रै मनोनयन दर्ता भएको हो । टेलिकममा सर्बसाधारणको तर्फबाट सञ्चालकमा जाने उनी नै पहिला व्यक्ति भएका छन् ।

कम्पनीले यही चैत १३ गते १३औँ वार्षिक साधारणसभा गर्दै छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ सम्मको सञ्चित मुनाफाबाट प्रस्तावित ४० प्रतिशत नगद लाभांश पनि पारित गर्दै छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि गएको फागुन २८ गते सेयरधनी दर्ता किताब बन्द गरेको थियो । यस आधारमा फागुन २६ गतेसम्म कायम सेयरधनीले कम्पनीको सभामा भाग लिन सक्नेछन् ।

पौडेलले आफू सञ्चालक चयन भएमा कम्पनीलाई धितोपत्र बजारकै उत्कृष्ट कम्पनी बनाउने बताएका छन् । पौडेल निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य तथा पुँजी बजार फोरमका सभापति हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस