सेयर मार्केट

कुमारी इक्वीटी फण्डको इकाई बाँडफाँड, कसले कति पाए त ?

kumari equity fund

कुमारी इक्विटी फण्डको इकाइ बाँडफाँड भएको छ । आवेदन दिएकामध्ये ९४ हजार ७ सय ३३ आवेदनकले सो इकाइ हात पारेका छन् भने ६१ जनाको आवेदन रद्द भएको छ। १०० देखि २० लाख इकाइ सम्म आवेदन गर्ने आवेदकहरुले माग बमोजिम नै इकाई पाएका छन्।

२५ लाख  देखि ५० लाख सम्म माग गरि आवेदन  दिने जम्मा ७ जना आवेदकलाई प्रति आवेदक २४ लाख ६ हजार ६ सय ७० इकाईका दरले बाँडफाँड गरिएको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी इक्वीटी फण्डको बिक्रि प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गरेको हो । प्रति इकाई  १० रुपैयाँका दरको ८ करोड इकाईको लागि फागुन १४ देखि २८ गतेसम्म आवेदन खुला गरिएको थियो ।

१५ (पन्ध्र) प्रतिशत विजपूँजी वापतको १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक कम्पनी कुमारी बैंक लिमिटेडलाई बाँडफाँड गरिएको र बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारण तथा विभिन्न संघ-संस्थालाई बाँडफाँड गरिएको हो । सर्वसाधारणबाट ९४ हजार ६ सय ६१ जना आबेदकहरुबाट ३ करोड ९२ लाख ३१ हजार १० इकाई र विभिन्न संघ संस्थाबाट ७५ संस्थालाई  ५ करोड ३९ लाख २२ हजार ३ सय इकाइ बाँडफाँड गरिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस