५ चैत, काठमाडौं । विश्वप्रसिद्ध मोटरसाइकल ब्राण्ड केटीएमले आफ्नो नविन तथा उत्कृष्ट मोटरसाइकल केटीएम २५० एडेभेन्चर बाइक बजारमा ल्याएको छ । प्रिमियम मोटरसाइकलमा त्यसमा पनि थप उत्कृष्ट मानिएको केटीएमले २५० लाई गोल्छा ग्रुप अन्तरगतको हंसराज हुलासचन्द एण्ड कम्पनीले हालैमात्र बजारमा ल्याएको हो ।
बिहिबार एक कार्यक्रमका बीच कम्पनी केटीएम २५० को औपचारिक रुपमा सार्वजनिक गरेको छ । आजैमात्र सार्वजनिक गएको उक्त मोडलको बजार मूल्य ७ लाख ४९ हजार ९ सय तोकिएको छ भने देशभरिका सम्पूर्ण केटीएम शोरुमहरुबाट बिक्री वितरण तथा बुकिङ्ग खुला गरिएको कम्पनीले जनाएको छ ।
एडभेन्चरका लागि एक शक्तिशाली २४८ सीसीको अत्याधुनिक डीओएचसी फोर–भल्भ सिंगल सिलिन्डर लिक्विड कूल्ड इन्जिन उपलब्ध मोटरसाइकलले पावरब्यान्डमार्फत सहज र आत्मविश्वास–प्रेरणादायक डिलिभिरी प्रदान गर्ने कम्पनीले बताएको छ । २४८ सीसी इन्जिन क्षमताको इलेक्ट्रोनिक फ्यूल इन्जेक्शनले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्कÞमा उत्पादन गर्ने छ ।
भने मोटरसाइकलमा उपलब्ध अत्याधुनिक पावर असिस्ट स्लिपर क्लच (PSC) ले ६–स्पीड गियरबक्सको माध्यमबाट एड्भेन्चर राइडलाई थप सशक्त र सहज बनाउन मद्दत गर्ने कम्पनीको दाबी छ । यसको अतिरिक्त मोटरसाइकलको उच्च–गुणस्तरीय बनौट, इन्जिनियरिङ र डाकार ¥याली हेरिटेज अपनाउँछ, जसले केटीएम एड्भेन्चरको समस्त लाइन–अपको प्रतिनिधित्व गर्दछ ।
नेपालमा व्यापक रुपमा बढिरहेको एड्भेन्चर मोटरसाइकलको सेग्मेन्टलाई विस्तार गर्नको लागि कम्पनी यस प्रकारको एड्भेन्चर मोटरसाइकल बजारमा ल्याएको बताएको छ । यस अघिको कम्पनीले केटीएम ३९० एड्भेन्चर बजारमा ल्याएको थियो ।