मुख्य समाचार

ओली प्रवृत्तिको भण्डाफोर गर्न माधव नेपालको कार्यकर्तालाई निर्देशन

madhav nepal

५ चैत, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली र उनको विचारको भण्डाफोर गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । “पार्टीमा ओलीले भ्रम सिर्जना गरिरहेका छन्,” नेता नेपालले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, “कार्यकर्ता लडाउन भिडाउने काम हुन सक्छ त्यसैले सबै तयार रहनुहोला ।”

“ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने कि नजाने भन्ने छलफल भइरहेका बेला केही साथीहरु जानुभयो,” नेता नेपालको भनाई थियो,“उहाँहरुको चित्त दुखेको होला । तपाईँहरु दुख नमान्नुहोला ।”

बालुवाटार गएका साथीहरुलाई अपमान गर्ने काम भएको भन्दै नेपालले आक्रोश पोखे । “बालुवाटार गएका साथीहरुलाई अपमान गर्ने काम भएछ,” उनले भने,“हामी पार्टीका सबै कमिटीमा बहुमतमा छौँ । त्यसैले ओलीले कमिटीको सामना गर्ने आँट गर्नेछैनन् । ओली प्रवृत्तिको देशैभर भण्डाफोर गर्नुस् ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *