
५ चैत, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आफूहरु नै आधिकारिक एमाले भएको बताएका छन् । राष्ट्रिय कार्यकर्ता भेलामा उनले यस्तो बताएका हुन् ।
“हामी आधिकारिक हौँ, केपी ओलीहरु समानान्तर हुन्,” उनले भने, “चार हजारको राष्ट्रिय कार्यकर्ता भेला हामीले गरेका छौं । हामीले पार्टी बचायौँ भने ओलीवाद पराजय गर्नेछौँ ।” उनले ढल्नै परेमा अन्तिममा स्थायी कमिटी ढल्ने बताएका छन् । एक महिनामा ओलीलाई परास्त गर्ने उनको भनाइ थियो ।
“एक महिनामा ओलीलाई परास्त गर्नेछौँ,” उनले भने, “योभन्दा डरलाग्दोगरी आए पनि हामी ढलाउनेछौँ ।”
प्रतिक्रिया दिनुहोस